ad ad

समाज


कोरोनाबाट बिदेशमा थप २ नेपालीले ज्यान गुमाए, मृतकको संख्या ३३५ पुग्यो

कोरोनाबाट बिदेशमा थप २ नेपालीले ज्यान गुमाए, मृतकको संख्या ३३५ पुग्यो

नेपालखबर
फागुन ३, २०७७ सोमबार ३:४८,

कोरोना संक्रमणका कारण विदेशमा थप २ जना नेपालीले ज्यान गुमाएका छन्।

यो साता कोरोना संक्रमणका कारण बेलायतमा थप २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ।

योसँगै कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ। एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार हालसम्म कोरोनाको कारण २१ देशमा नेपालीको मृत्यु भएको छ।

विश्वका ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ। संक्रमितमध्ये हालसम्म ९७ प्रतिशत निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .