ad ad

समाज


अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना खोप बालबालिकामा परीक्षण गरिँदै

अक्सफोर्ड–एस्ट्राजेनिकाको कोरोना खोप बालबालिकामा परीक्षण गरिँदै

नेपालखबर
फागुन २, २०७७ आइतबार ८:१५,

यसै महिनाको अन्त्यदेखि सुरु हुने पहिलो चरणको परीक्षणमा ३ सय स्वयंसेवी बालबालिका सहभागी हुनेछन्।

६ देखि १७ वर्षका बालबालिकामा अक्सफोर्डको खोप कति प्रभावकारी रहेछ भनेर बुझ्नका लागि परीक्षण गर्न लागिएको बीबीसीले जनाएको छ।

यस खोपले बेलायतमा आपतकालीन प्रयोगका लागि स्वीकृति पाइसकेको छ।

बेलायतमा अक्सफोर्ड र एस्ट्राजेनिकको साथै फाइजर र बायोएनटेकको खोपले पनि स्वीकृति पाएको छ।

अक्सफोर्ड र एस्ट्राजेनिकाको खोप ७६ देखि ९२ प्रतिशत प्रभावकारी भएको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले आफ्नो अनुसन्धानमा बालबालिका तथा युवाहरुमा कोरोना भाइरसले घातक असर नगर्ने बताएको थियो।

यद्यपी खोपको प्रयोगबाट यो उमेर समूहलाई कोरोनाविरुद्ध थप शक्ति प्रदान हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .