समाज


काठमाडौंमा पुनः देखियो बर्डफ्लु

काठमाडौंमा पुनः देखियो बर्डफ्लु

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार २:४४,

काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लु रोग देखापरेको छ। तारकेश्वर नगरपालिका- १ का स्थानीय कृषकले पालेका हाँसमा बर्डफ्लु देखिएको हो।

२७ माघमा स्थानीय किसानले पालेको हाँसको नमूना परीक्षण गर्दा बर्डफ्लु रोग प्रमाणित भएको पशुसेवा विभागले जानकारी दिएको छ।

यसअघि माघ १६ गते तारकेश्वर नगरपालिका- ७ साङ्लेखोला फुटुङमा पनि बर्डफ्लु देखापरेको थियो। लगत्तै विभागले उक्त क्षेत्रका अन्य शंकास्पद स्थानमा पालिएका पन्छीमा परीक्षण अघि वढाएको थियो।

स्थानीय कृषकले पालेको हाँसको नमूना केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग (H5N8) प्रमाणित भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बर्डफ्लु फैलिन नदिन पशुसेवासँग सम्बद्ध निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले जनाएको छ।

त्यसक्रममा १४ सय २१ हाँस, ४२ ओटा कुखुरा, २६ ओटा अण्डा, र ८ सय केजी दाना नष्ट गरी उक्त क्षेत्रलाई पूर्णरूपमा निःसंक्रमण गरिएको विभागले जनाएको छ।

बर्डफ्लु रोग फैलिन नदिन विभागले सम्पूर्ण सरोकारवालाहरुलाई अपिलसमेत समेत गरेको छ।

पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी परीक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, नियमित रुपमा निःसंक्रमण गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ।

त्यसैगरी पशुपन्छीलाई मान्छेको सम्पर्कमा आउन नदिन, हाँस कुखुरा लगायतका पन्छीलाई खुला ठाउँमा नछाड्न, पालिएका पशुपन्छी मरेमा तत्कालै नजिकका पशु सेवाका निकायमा सूचना दिन पनि विभागले अनुरोध गरेको छ।

bard 27

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad