कारोबार


शनिबार र आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् बन्द गरिने (सूचनासहित)

शनिबार र आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् बन्द गरिने (सूचनासहित)

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार २:३०,

नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले फागुन १ गते (शनिबार) र २ गते (आइतबार) काठमाडौंका विभिन्न स्थानमा डेढ घण्टादेखि तीन घण्टासम्म विद्युत् बन्द गर्ने भएको छ।

सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वर फिडरअन्तर्गत शनिबार तथा कपन फिडरअन्तर्गत आइतबार विद्युत बन्द गरिने भएको हो।

जसअनुसार साँखु फिडरअन्तर्गतका क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत काटिनेछ भने गोठाटार फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरअन्तर्गतका क्षेत्रमा दिउँसो १:३० बजेदेखि अपह्न ४:३० सम्म विद्युत काटिनेछ।

यस्तै कपन फिडरअन्तर्गतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द गरिनेछ।
बाानेश्वर वितरण केन्द्रका अनुसार सडक विस्तार भइरहेकाले केही घण्टा विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएको हो।

हेर्नुहोस्, सूचना :

bijulibanda

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad