समाज


फागुन २ देखि ८ सम्म कोभिड खोपको अर्को चरण, क-कसले पाउँछन् लगाउन?

फागुन २ देखि ८ सम्म कोभिड खोपको अर्को चरण, क-कसले पाउँछन् लगाउन?

नेपालखबर
माघ २९, २०७७ बिहिबार ११:४४,

सरकारले फागुन २ गतेदेखि ८ गतेसम्म कोभिड खोपको अर्को चरण तोकेको छ।

प्राथमिकताका आधारमा अग्रपंक्तिमा खटिने समूहका व्यक्तिहरुलाई खोप दिइरहेको सरकारले यो चरणमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयम्सेवक, एम्बुलेन्स तथा शव वाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई कोभिड–१९ खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

सो अवधिमा आ–आफ्नो कार्यालयको परिचय पत्र लिइ खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad