समाज


फ्लोरिडा ओल्ड्समारको पानी आपूर्ति हुने पाइपमा विष हाल्न खोजिएपछि...

फ्लोरिडा ओल्ड्समारको पानी आपूर्ति हुने पाइपमा विष हाल्न खोजिएपछि...

नेपालखबर
माघ २७, २०७७ मंगलबार ६:१९,

एक कम्प्युटर ह्याकरले ओल्ड्समारको पानी आपूर्ति हुने पाइप प्रणालीको जानकारी पत्ता लाएपछि त्यहाँ घातक रसायन मिसावट गर्न खोजिएको थियो।

बीबीसीका अनुसार ती ह्याकरले पानीमा सोडियम हाइड्रोअक्साइडको मात्रा बढाएका थिए। तर त्यहाँका कर्मचारीले पानीमा सोडियम हाइड्रोअक्साइडको मात्रा बढेको देखेपछि पानी आपूर्ति बन्द गरेका थिए।

लि नामले चिनिने रसायन सोडियम हाइड्रोअक्साइडले पानीमा एसिडिटी कम गर्दछ। तर यसको बढी मात्राले भने समस्या निम्त्याउँछ।

ओल्ड्समारका मेयर इरिक सेदिलका अनुसार खराब मानिसले नराम्रो कामको प्रयास गरेका छन्।

ओल्ड्समारको पानी आपूर्ति प्रणालीमा कसले ह्याकिङ गरेको भनेर हालसम्म पत्ता लाग्न नसकेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको बताइएको छ।

ओल्ड्समार प्लान्टबाट १५ हजार नागरिकको लागि पानी आपूर्ति हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad