राजनीति


नेकपा दाबी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

नेकपा दाबी गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

नेपालखबर
माघ २७, २०७७ मंगलबार ६:१२,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दावी गर्न निर्वाचन आयोग पुगेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा फुट आएको छ। पार्टी विभाजित भएपछि आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गर्न मंगलबार प्रधानमन्त्री ओली पार्टीका पदाधिकारीको टोलीसहित निर्वाचन आयोग पुगेका हुन्।

उक्त टोलीमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ, पार्टी कार्यालयका सचिव ईश्वरी रिजाल लगायत रहेका छन्।

bishnupoudelnirwachan

कार्यालय सचिव रिजालले आफूहरु सरकारको नभइ पार्टी विवादको विषयमा छलफल गर्न निवाचन आयोग आएको जानकारी दिए।

नेकपा विभाजनपछि दुवै समूहले आधिकारिकता दावी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि समूहलाई मान्यता दिएको छैन्।

आयोगले विभाजनबारे छलफलका लागि नेकपाका दुवै पक्षलाई माघ १६ गते नै उपस्थित हुन भनेको भए पनि प्रचण्ड–नेपाल पक्षले थप समय मागेका कारण छलफल हुन सकेको थिएन।

nemwang123

यसअघि प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा आफूहरु आधिकारिक भएको दावी गरिसकेको छ। पार्टी विभाजनपछि ओली पहिलोपटक नेकपा दावी गर्न निर्वाचन आयोग पुगेका हुन्।

याे पनि :  प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा उठायो यी तीन विषय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad