ad ad

समाज


ब्राउन सुगरसहित युवायुवती पक्राउ

ब्राउन सुगरसहित युवायुवती पक्राउ

नेपालखबर
माघ २५, २०७७ आइतबार ११:२४,

कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित एक युवक र एक युवती पक्राउ परेका छन्।

जिल्लाको बेलडाडी गाउँपालिका–३ बाट सशस्त्र प्रहरी टोलीले करीब १७ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा बर्दियाको बर्दगोरिया गाँउपालिका-३ बस्ने २३ वर्षीया शारदा विक र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ सुख्खड बस्ने २२ वर्षीय गोरखबहादुर बोगटी छन्।

बा ६८ प ३१६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट घोडाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुलाई बरामद ब्राउनसुगरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

चोरीपैठारीको सामान बरामद
यता, महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ रामजानकी मन्दिरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब पाँच लाख २५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले त्यसबेला उल्लेखित मूल्य बराबरको टेलिभिजन, मोर्टर पार्टस तथा लत्ताकपडा बरामद गरेको हो।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .