ad ad

समाज


राजदूत आचार्य भन्छन्ः उत्तराखण्डको बाढीमा नेपालीलाई क्षति भएको जानकारी आएको छैन

राजदूत आचार्य भन्छन्ः उत्तराखण्डको बाढीमा नेपालीलाई क्षति भएको जानकारी आएको छैन

नेपालखबर
माघ २५, २०७७ आइतबार ११:२१,

नेपालखबरसँग कुरा गर्दै राजदूत आचार्यले भारतीय अधिकारी तथा सो क्षेत्रमा रहेको नेपालीहरुसँग आफू सम्पर्कमै रहेको बताए।

‘हामी भारतीय अधिकारी तथा सो क्षेत्रमा रहेको नेपालीहरुसँग सम्पर्कमै छौं। अहिलेसम्म नेपाली परेको विषयमा जानकारी आएको छैन’ आचार्यले भने,‘त्यस क्षेत्रमा नेपालीहरु भने रहँदै आउनुभएको छ। ताल फुटेको समयमा सो क्षेत्रमा कति नेपाली हुनुहुन्थ्यो जानकारी छैन।’

भारतको उत्तराखण्डस्थित तपोवन क्षेत्रमा आइतबार हिमनदी फुटेर भीषण बाढी गएको थियो।

पीटीआइका अनुसार यस बाढीका कारण १५० भन्दा बढी मानिसको मृत्यु भएको आशंका गरिएको छ। बेपत्तामध्ये हालसम्म १० जनाको शव भेटिएको समाचारमा जनाइएको छ।

हाल बाढी प्रभावित क्षेत्रमा ६ सय सेनाहरु उद्धारका लागि खटेका छन्। हिमनदी फुट्दा धौलिगंगा र अलकनन्दा खोलामा ठूलो बाढी आएको थियो।

अहिले धौलिगंगा र अलकनन्दा आसपासका बस्तीहरुलाई खाली गरिएको छ। त्यस वरपर नजान चेतावनी दिइएको छ।

प्रहरीका अनुसार यस बाढीले धौलिगंगाको ऋषिगंगा पावर प्रोजेक्टमा क्षति पुगेको छ। त्यहाँको बाँध फुटेको जनाइएको छ।

यस बाढीमा बेपत्ता भएको भनिएका १५० व्यक्तिहरु ऋषिगंगा पावर प्रोजेक्टमा कार्यरत कामदार हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .