समाज


गोली हानेर छोरीको हत्या गर्ने महराले गाउँमा मच्चाए आतंक, मध्यराति आफ्नै घरमा आगजनी

गोली हानेर छोरीको हत्या गर्ने महराले गाउँमा मच्चाए आतंक, मध्यराति आफ्नै घरमा आगजनी

गोकुल जोशी
माघ २५, २०७७ आइतबार ६:७,

आफ्नै छोरीको हत्या गरेर फरार रहेका बैतडीको पुर्चौडी नगरपालिका–१० बिजयपुरका ६५ वर्षीय धनबहादुर महराले गाउँमा पनि आतंक मचाएका छन्।

गोली लोड गरेको भरुवा बन्दुकसहित फरार रहेका धामीले शनिबार राति गाउँमा आतंक मच्चाउनुका साथै आफ्नै घरमा आगजनीसमेत गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले बन्दुक देखाएर कोही अगाडि आए गोली ठोकिदिने धम्की दिइरहेका छन्।

‘लोड गरेको बन्दुक देखाएर कोही अगाडि आए सुट गर्छु भनेर गाउँलेलाई धम्क्याइरहेको खबर आएको छ। अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन’, उनले भने, ‘हामी संयमित भएर खोजीकार्य गरिरहेका छौँ।’

उनका अनुसार प्रहरी चौकी पुरघाटबाट १५ जनाको टोली अहिले गाउँमा पुगेको छ भने जिल्लाबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली त्यहाँ पनि जाँदै गरेको छ।

छोरीको हत्या गरेर बन्दुकसहित फरार भएका महरा पक्राउ नपर्दा अहिले स्थानीयहरु त्रसित छन्। शनिबार साँझ श्रीमतीसँग झगडा हुँदा छुट्याउन क्रममा महराले माइती आएकी २० वर्षीया बेलमती महरा धामीमाथि गोली प्रहार गरेका थिए। गोली लागेकी बेलमतीको घटनास्थलमै ज्यान गएको थियो।

याे पनि :  

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

बैतडीमा बाबुले किन हाने आफ्नै छोरीलाई गोली?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad