बाक्लो झरीले बोर्नियो टापुको चिडियाखानामा रहेको बस्ने ठाउँ भत्किएपछि ती दुई दुर्लभ सुमात्रन बाघहरु भागेका थिए।
ती बाघले सोही चिडियाखानाका एक कर्मचारीमाथि आक्रमण गरेको र उनको मृत्यु भएको बीबीसीले जनाएको छ।
दुवै बाघ पोथी थिए। ती बाघलाई नियन्त्रण गर्न खोज्दा एक बाघ निकै आक्रामक भएपछि गोली चलाएर त्यसलाई नियन्त्रण गर्न खोजिएको तर त्यसको मृत्यु भएको बताइएको छ।
दुर्लभ भएका कारण दुवैलाई सुरक्षित रुपमा नियन्त्रण गर्न खोजिएको थियो। अधिकारीहरुका अनुसार झरीका कारण ओस्ट्रिच, बाँदर लगायतका जनावर तथा पंक्षीहरु मरेका छन्।

प्रतिक्रिया