समाज


चीनमा ३ हजार नक्कली कोरोना खोपसहित ८० जना पक्राउ

चीनमा ३ हजार नक्कली कोरोना खोपसहित ८० जना पक्राउ

नेपालखबर
माघ २०, २०७७ मंगलबार ९:३१,

चीनमा कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन सहरका ८० जनालाई गिरफ्तार गरिएको छ।

प्रहरीले जियाङ्सु, बेइजिङ र सानडोङबाट ३ हजार नक्कली खोप बरामद पनि गरेको छ।

न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको थियो।

चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न देशमा खोप निर्यात पनि गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad