ad ad

समाज


सुदूरपश्चिममा एक रातमै गए दुई भूकम्प

सुदूरपश्चिममा एक रातमै गए दुई भूकम्प

नेपालखबर
माघ १९, २०७७ सोमबार ४:२६,

गएराति सुदूरपश्चिम प्रदेशमा दुईवटा भूकम्पको धक्का महसुस गरिएको छ।

एउटा भूकम्प बझाङ केन्द्रविन्दु भएर गएको हो भने अर्को भारतीय भूमि केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सोमबार बिहान बझाङको बडराय आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज बिहान २ बजेर ३४ मिनेट जाँदा बझाङको गडराय आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प गएपछि डरको कारण मानिसहरु घरबाहिर निस्किएका थिए।

यसैबीच आइतबार राति नै सुदूरपश्चिम प्रदेशमा पर्ने दार्चुलाको नेपाल भारत सीमा नजिक भारतीय भूमि केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु नेपाल भारत सीमाबाट १८ किमी टाढा पर्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .