ad ad

समाज


युवतीकै कोठामा गएर जबर्जस्ती करणी, फरार युवक पक्राउ

युवतीकै कोठामा गएर जबर्जस्ती करणी, फरार युवक पक्राउ

नेपालखबर
माघ १९, २०७७ सोमबार ३:३२,

युवतीलाई जबर्जस्ती करणी गरी फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरको भक्तपुर नगरपालिका-१० कमलविनायक निवासी ३१ वर्षीय विकास तजलेलाई प्रहरीले जबर्जस्ती करणीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा म्याद थप गरी थप अनुसन्धान अघि वढाइएको प्रहरीले जनाएको छ।

उनले सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया युवतीलाई १४ माघमा बलात्कार गरेको आरोप छ। बलात्कारपछि फरार रहेका तजलेलाई सुराकीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

गिरीका अनुसार माघ १४ गते दिउँसो युवतीको कोठामा पसेर उनले डर, धम्की दिई जबर्जस्ती करणी गरेका थिए। युवतीले माघ १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दिएपछि प्रहरीले तजलेको खोजी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .