ad ad

राजनीति


म्यानमारमा सेनाले गर्‍यो सत्ता कब्जा, एक वर्षका लागि संकटकाल घोषणा

म्यानमारमा सेनाले गर्‍यो सत्ता कब्जा, एक वर्षका लागि संकटकाल घोषणा

नेपालखबर
माघ १९, २०७७ सोमबार ३:०,

म्यानमारमा सेनाले राज्यसत्ता आफ्नो हातमा लिएको छ। 

एक वर्षका लागि संकटकाल घोषणा गर्दै त्यहाँको सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएको हो। 

म्यानमारको सरकारी टेलिभिजनका अनुसार निर्वाचन परिणाम अस्वीकार गर्दै सेनाले सत्ता आफ्नो हातमा लिएको हो। 

सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर चिनिने म्यानमारमा सेनाले शासन गरिरहेको थियो।

गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो।

यही विषयमा त्यहाँ सेना र सरकारबीच तनाव बढेको थियो।

म्यानमारमा निर्वाचित संसदको अधिवेशन सोमबार (आज) देखि सुरु गर्ने तयारी थियो। तर सेनाले अधिवेशन रोक्न भनिरहेको थियो।

यसै क्रममा सेनाले सोमबार बिहानै सत्ता कब्जा गरेको हो।

यसअघि : म्यानमारमा नेतृ सुची, राष्ट्रपतिसहित प्रजातान्त्रिक नेतालाई सेनाले नियन्त्रणमा लियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .