समाज


काठमाडौंमा बर्डफ्लु देखिएपछि साढे २५ सय पन्छी नष्ट गर्दै पशु विभागले जारी गर्‍याे ४ बुँदे अपिल

काठमाडौंमा बर्डफ्लु देखिएपछि साढे २५ सय पन्छी नष्ट गर्दै पशु विभागले जारी गर्‍याे ४ बुँदे अपिल

नेपालखबर
माघ १८, २०७७ आइतबार २:२१,

बर्डफ्लु देखिएपछि काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङमा साढे २५ सय पन्छी नष्ट गरिएको छ।

पशु सेवा विभागका अनुसार स्थानीय कृषकले पालेका हाँस, बट्टाई, कुखुरा र टर्की नष्ट पारिएको हो।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिसकिएको विभागले जनाएको छ।

विभागका अनुसार १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की,  ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको हाे। रोग देखापरेको क्षेत्रलाई पूर्ण निःसंक्रमण गरिएको विभागले सूचना जारी गरी जानकारी दिएकाे छ।

साथै विभागले बर्डफ्लु फैलिन नदिन सम्बन्धित सबैलाई सतर्कताका लागि निम्न ४ बुँदे अपिल जारी गरेको छ :

१. पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न/गराउन हुन

२. फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न/गराउन हुन

३. फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन हुन

४. कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गरिदिन हुन।

हेर्नुहाेस्, पशु सेवा विभागले जारी गरेकाे सूचना :

BirdFlu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad