जापानमा आमाको शवलाई १० वर्षसम्म फ्रिजमा राखेपछि एक महिला पक्राउ परेकी छन्।
टोकियो निवासी ४८ वर्षीया युमी योसिनोले आमाको मृत्यु भएपछि शव लुकाएर फ्रिजमा १० वर्षसम्म राखेकी हुन्।
उनी आमासँग फ्ल्याटमा बस्ने गरेकी थिइन्। आमाको मृत्युपछि आफू त्यहाँबाट बाहिरिनुपर्ने भयले उनले थाहा नहोस् भनेर शवलाई फ्रिजमै लुकाएर राखेकी हुन्।
जापानी सञ्चारमाध्यमका अनुसार शवमा कुनै चोट भने नदेखिएको प्रहरीले जनाएको छ।
मृत्युको समय र कारण भने पत्ता लगाउनसक्ने अवस्था नरहेको अधिकारीले बताएका छन्। मृत्यु हुँदा ती महिलाकी आमाको उमेर ६० वर्षजति रहेको अनुमान गरिएको छ।
अपार्टमेन्टमा भाडा बुुझाउन नसकेपछि मध्य जनवरीमा योसिनो अन्यत्र सर्न बाध्य भइन्, त्यसपछि सरसफाइका लागि आएका व्यक्तिले फ्रिजमा शव भेटेपछि रहस्य खुलेको हो।
त्यसपछि अनुसन्धानका लागि प्रहरीले गत शुक्रबार टोकियो नजिकैको चिवा सहरस्थित एक होटलबाट योसिनोलाई पक्राउ गरेको हो। एजेन्सी

प्रतिक्रिया