नेपाली सेनाले विरेन्द्र सैनिक अस्पतालका क्लिनिकल रजिष्ट्रारसमेत रहेका सहायक रथी डा. भुवनराज कुँवरलाई कोभिड–१९ को पहिलो खोप लगाएको छ।
‘डा. भुवनराज कुँवर कोभिड–१९ खोप लगाउने नेपाली सेनाको पहिलो स्वास्थ्यकर्मी हुनुभएको छ,’ नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका छन्।
सहायक रथी कुँवर सेनाको स्वास्थ्य सेवातर्फका प्रमुख पनि हुन्।
‘यो खोपको साइड इफेक्टको कुरा पनि रहेको हुँदा अझै पनि धेरैमा यो लगाउँदा के हुने हाो कसो हो भन्ने कुरा पनि छ, त्यसैले वरिष्ठ व्यक्तिबाटै सुरु गरिएको हो,’ प्रवक्ता पौडेलले भने।
आज बुधबार देशका बिभिन्न स्थानबाट एकैचोटि कोभिड–१९ खोप अभियान सुरु गरिएको हो।
अग्रपंक्तिमा रही कोभिड उपचार र उद्दारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पहिलो चरणमा खोप लगाइँदैछ।
यो पनि:
तीन महिनाभित्र सबै नेपालीले निःशुल्क कोरोना खोप पाउँछन्ः प्रधानमन्त्री

प्रतिक्रिया