समाज


सर्लाहीबाट एक करोडभन्दा बढीको अवैध सामान बरामद

सर्लाहीबाट एक करोडभन्दा बढीको अवैध सामान बरामद

नेपालखबर
असार २३, २०८३ मंगलबार १९:५४, जनकपुरधाम

सर्लाहीको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एक करोड रुपैयाँभन्दा बढि मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ। 

गएराति जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित भन्सार चेकपोष्टमा सशस्त्र प्रहरी निरीक्षक रवि भुजेलको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ लैजान खोजिएको प्रदेश २–०४–००१ च ००९३ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा सो सामान बरामद भएको हो।

सशस्त्र प्रहरीले चेकजाँचको क्रममा गाडीभित्र करिब १ लाख ७० हजार बराबरको एक सय क्युविक फिटको (२२ थान) काठ, ६० हजार बराबरको एक सेट बक्स पलङ तथा ५ लाख रुपैयाँ मूल्यको गाडी गरी कुल ७ लाख ३० हजार बराबरको सामान बरामद गरिएको मलंगवा स्थित सशस्त्र प्रहरी गुल्म सर्लाहीले जनाएको छ।

गुल्मपति डीएसपी विष्णु अधिकारीले सो घटनामा गोरखा घर भएका ३५ वर्षीय डोरबहादुर उपरकोटी र भारतको बिहार राज्य सितामढी जिल्लाको बोखरा निवासी २८ वर्षीय मुकेश शर्मालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जानकारुी दिए।

त्यसैगरी, विशेष सूचनाका आधारमा हरिपूर्वा नगरपालिका–३ धनकौल स्थित सत्यनारायण साह तेलीले सञ्चालन गरेको कपडा पसलमा छापा मारी राजस्व छलीका ९७ लाख १९ हजार ६३० रुपैयाँ बराबरका विभिन्न प्रकारका अवैध लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ। 

नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट डीएसपी अधिकारीको कमाण्डमा ४० जनाको टोली, सर्लाही भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले छापा मारेको थियो। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको डिएसपी अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad