जम्मु-कस्मिरमा सोमबार भारतीय सेनाको ध्रुव हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार हेलिकप्टर दुर्घटना भएलगत्तै गम्भीर घाइते भएका २ पाइलटलाई नजिकैको आर्मी अस्पतालमा भर्ना गरिए पनि एक जनाको मृत्यु भएको हाे।
कठुआका एसएसपी शैलेन्द्र मिश्राले हेलिकप्टरर दुर्घटना भएकाे पुष्टि गरेका छन्।
त्यस्तै प्रहरीका डेपुटी कमिस्नर ओपी भगतले भने, ‘इन्डियन आर्मीको ध्रुव हेलिकप्टर कठुआको लखनपुर इलाकामा साेमबार साँझ ७ बजेर १५ मिनेटमा दुर्घटनामा परेको छ। दुर्घटनामा २ पाइलट गम्भीर घाइते भएका थिए दुवै जनालाई अस्पताल पुर्याइएकामा एक जनाको मृत्यु भएको छ।’
कठुवाआका एसएसपी शैलेन्द्र मिश्रका अनुसार हेलिकप्टर पठानकोटबाट आउँदै थिजयो। लखनपुरको आर्मी एरियामा आपतकालीन अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो
ध्रुव हेलिकप्टर भारतमै विकास गरिएको हो। गणतन्त्र दिवसका दिन प्रदर्शनका लागि यो उडाउने गरिन्छ।

प्रतिक्रिया