कारोबार


सामसङ डिजिटल प्लाजा अब गाईघाटमा

सामसङ डिजिटल प्लाजा अब गाईघाटमा

नेपालखबर
माघ १२, २०७७ सोमबार १६:१४,

हिम इलेक्ट्रोनिक्स प्रा. लि., नेपालमा सामसङ इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरकले, उदयपुरको गाईघाटमा १२औं सामसङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ।

सामसङ उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ्ग प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो।

हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले गाईघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरूम ‘कालिका सप्लायर्स् एण्ड ट्रेडर्स’को उद्घाटन गरेको छ।

शोरूमको उद्घाटन एक कार्यक्रमकोबीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले गरेका थिए।

सामसङ प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पु-याइरहेको छ।

नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने, ‘हामी हाम्रो नयाँ सामसङ डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरुगर्न पाउँदा खुसी छौं। यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ।’

सामसङ डिजिटल प्लाजामा सामसङ्गका अविश्वसनीय दायराका सबै उत्पादनहरू –एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु उपलब्ध छन्।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदानगर्दै आइरहेको छ। यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ।

प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलाई विशेष ओपनिङ अफरहरु पनि दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad