प्रधानमन्त्री केपी शर्मा ओली पुलको उद्घटन गर्न आज दाङ जाँदै छन्।
देउखुरीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र नेकपाको ओली समूहले लालमटीयामा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बिहान दाङ जान लागेका हुन्।
ओलीले सोमबार बिहान ११ बजे देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
चार वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गरेका थिए। झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ १० मिटर रहेको छ।
पुलको उद्घाटनपछि लालमटीयामा आयोजना हुने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया