आन्ध्र प्रदेशको गुन्टुर जिल्लास्थित सरकारी अस्पतालमा आज आइतबार एक जना ‘आशा कार्यकर्ता’ (स्वास्थ्य स्वयंसेविका) को मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनका सहकर्मीले कोरोना खोप लगाएपछि उनको मृत्यु भएको आरोप लगाएका छन्।
गुन्टुर जिल्लाका जिल्लाअधिकारी स्याम्युअल आनन्दले आशा कार्यकर्ताको मृत्युको वास्तविक कारण पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुने बताएका छन्। साथै उनले ८ दिनभित्र १० हजार ९९ स्वास्थ्यकर्मीलाई खोप लगाइएको र अहिलेसम्म कसैमा पनि नकारात्मक असर नदेखिएको दाबी गरेका छन्।
गभर्नमेन्ट जनलर हस्पिटल (जीजीएस) मा आशा कार्यकर्ताको मृत्यु भएपछि अन्य आशा कार्यकर्ताले अस्पतालअगाडि विरोध प्रदर्शन गरेका छन् र पीडित परिवारलाई ५० लाख क्षतिपूर्ति दिन माग गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ती ४४ वर्षीया आशा कार्यकर्ताले यही जनवरी २२ का दिन कोरोना खोप लगाएकी थिइन्। त्यसको ३ दिनपछि उनलाई टाउको दुख्ने र ज्वरो आउने भएको थियो।
उनका भाइका अनुसार पहिले उनलाई निजी अस्पताल लगिएको थियो तर अवस्था नाजुक बनेपछि सरकारी अस्पताल सारिएको थिया्े। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
परिवारका अनुसार यसअघि उनी तन्दुरुस्त थिइन्। कोरोना महामारी नियन्त्रणमा लगातार खटिएकी थिइन्। अस्पतालले मस्तिष्काघातले उनको मृत्यु भएको भने पनि उनका भाइले अस्वीकार गरेका छन्।
Shares

प्रतिक्रिया