राजनीति


आइन्दा यस्तो टिप्पणी नगर्न र माफी माग्न प्रधानमन्त्रीसँग बार एसोसियसनको माग

आइन्दा यस्तो टिप्पणी नगर्न र माफी माग्न प्रधानमन्त्रीसँग बार एसोसियसनको माग

नेपालखबर
माघ ११, २०७७ आइतबार १३:७,

नेपाल बार एसोसियसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुन व्यवसायी र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे गरेको टिप्पणीप्रति तत्काल सार्वजनिकरुपमा माफी माग्न माग गरेको छ।

प्रधानमन्त्री ओलीले माघ ९ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चमा जारी बहसको प्रसंग कोट्याउँदै कानुन व्यवसायी र वरिष्ठ अधिवक्ता भण्डारीबारे टिप्पणी गरेका थिए।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गतेका दिन आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केहि वकिलले एकजना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न’ भनी दिनुभएको अभिव्यक्ति हाम्रा वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी/अवहेलनाजन्य कार्य समेत हो,’ नेपाल बारका महासचिव लीलामणि पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ।

यो पनि : कानुन व्यवसायीलाई होच्याउने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारका चार पूर्वअध्यक्षले गरे यस्तो आह्वान (पूर्ण पाठ)

प्रधानमन्त्रीको सो अभिव्यक्ति अमर्यादित, अपमानजनक र असहिष्णु रहेको भन्दै नेपाल बारले त्यसप्रति गम्भीर आपत्ति र खेद व्यक्त गरेको जनाएको छ।

‘उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रुपमा माफी माग्न समेत् सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्दछौं,’ बारले भनेको छ, ‘आइन्दा यस किसिमका अभिव्यक्तिहरु नदोहोर्‍याउन र दोहोर्‍याएमा नेपाल बार एसोसियसनले सशक्त विरोधका कार्यक्रमहरु गर्न बाध्य हुने व्यहोरा समेत अवगत गराउँदछौं।’

प्रधानमन्त्रीको सो अभिव्यक्तिविरुद्ध आज आइतबार नै कानुन व्यवासायीबाट आएको यो चौथो विज्ञप्ति हो।

यो पनि: लयर्स एसोसियसनले भन्यो- वरिष्ठ अधिवक्ता भण्डारीबारे प्रधानमन्त्री ओलीको टिप्पणी निन्दनीय

बारका चारजना पूर्वअध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आज एक संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको कदमको कडा विरोध गरेका थिए भने आजै नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन र संवैधानिक कानुन व्यवसायी मञ्चले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सोको कडा विरोध गरेका छन्।

विज्ञप्तिको पूर्ण पाठः

NepalBar-pm.jpg

यो पनि: 

संवैधानिक कानुन मञ्चले भन्यो– प्रधानमन्त्रीको अभिव्यक्ति खेदजनक छ

महेन्द्रको ‘कू’ विरुद्ध लडेका जेठो वकिल भन्छन्ः संसद् पुनर्स्थापना नभए संविधान जलाइदिए हुन्छ (भिडिओ)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad