सामाजिक सञ्जालमा एक महिलालाई अश्लील भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको अभियोगमा एक जना पक्राउ परेका छन्।
साइबर ब्युरो भोटाहिटीले सल्यान कुमख गाउँपालिका ४ सरोडाडाका रमेश शाही भन्ने ३६ वर्षीय रवि शाहीलाई पक्राउ गरेको हो।
शाहीले यौन उत्पीडन तथा हैरानी दिई विद्युतीय कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको खुलेपश्चात सल्यानबाटै पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ परेका शाहीविरुद्ध थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
प्रतिक्रिया