विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका लागि खोप लगाउन सुरु भइसकेकाे छ।
यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ। तर त्यहाँ सावधानी अझै आवश्यक छ। काेराेनमुक्त भएका देश कुन-कुन भन्नेचाहिँ समाचारमा उल्लेख गरिएको छैन।
तर चिन्ताको विषय के हो भने विश्वका १३१ मुलुकमा कोरोना संक्रमण समुदायस्तरमा फैलिरहेको छ। जसमा अमेरिका, पाकिस्तान, ब्राजिल, फ्रान्सजस्ता ठूला देश पर्छन्।
भारत अहिलेसम्म क्लस्टर तहसम्म संक्रमण फैलिएको मुलुकमा पर्छ। यसको अर्थ अब भारतमा पनि समुदायस्तमा संक्रमण फैलिने चरणमा छ।

प्रतिक्रिया