समाज


भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

भारतमा फुटपाथमा सुतिरहेका २० जनामाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

नेपालखबर
माघ ६, २०७७ मंगलबार २:३६,

भारतको गुजरातमा गएराति ठूलाे दुर्घटना भएको छ। त्यहाँकाे सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरकाे मृत्यु भएको हाे।

त्यहाँकाे प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए। 

दुर्घटना साेमबार राति किम-मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक भएको हो। फुटपाथमा सुतिरहेका उनीहरूमाथि ट्रक गुडेको हो। ट्रकले किचेर १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य ७ जना गम्भीर घाइतेको उपचार जारी छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएकाे छ। 

प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठाेक्किएपछि अनियन्त्रित भएकाे ट्रक मजदुर सुतिरहेकाे फुटपाथमा चढेकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad