समाज


भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

भारतमा कोरोना खोप लगाएका ५८० व्यक्ति बिरामी, २ जनाको मृत्यु

नेपालखबर
माघ ६, २०७७ मंगलबार १:५६,

भारतमा जारी कोरोनाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत तेस्रो दिन सोमबारसम्म ३ लाख ८१ हजार जनाले खोप लगाएका छन्।

खोप लगाएकामध्ये अहिलेसम्म ५८० जनामा नकारात्मक असर (साइडइफेक्ट) देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जसमध्ये ७ जना अस्पताल भर्ना भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार ३ जना दिल्ली, दुई जना कर्नाटक तथा उत्तराखण्ड र छत्तीसगढमा एक–एक जना अस्पताल भर्ना भएका हुन्।

साथै खोप लगाएका २ व्यक्तिको मृत्युसमेत भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाकाे मृत्यु भएकाे हाे। 

कर्नाटक राज्यमा खाेप अभियान सुरु भएकै दिन खोप लगाएका ४३ वर्षीय बिरामीकाे खाेप लगाउनासाथ मृत्यु भएकाे हाे भने उत्तर प्रदेशकाे मुरादाबादमा ५२ वर्षीय व्यक्तिकाे भने खाेप लगाएकाे भाेलिपल्ट मृत्यु भएकाे भारतीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। उनले पनि शनिबार नै खाेप लगाएका थिए।  

पछिल्लाे व्यक्तिकाे पाेस्टमार्टम रिपाेर्ट आइसके पनि पहिलाे व्यक्तिकाे रिपाेर्ट आउन बाँकी छ।

रिपाेर्ट आएका व्यक्तिकाे मृत्यु खाेपका कारण नभई हृदयाघात र फाेक्साेमा समस्याका कारण भएकाे भारतीय मन्त्रालयकाे दाबी छ। अर्का व्यक्तिकाे मृत्युकाे कारण भने पाेस्टमार्टम रिपाेर्ट आएपछि मात्र थाहा हुने मन्त्रालयले जनाएकाे छ। 

भारत सरकारले गत शनिबारदेखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ। जुन अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ।

याे पनि : नर्वेमा कोरोना खोप लगाएका २९ वृद्धको मृत्युले उब्जाएका आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad