समाज


भारतमा कोरोना खोप लगाउँदा ‘साइडइफेक्ट’ देखिनेको संख्या ४४७ पुग्यो, ३ जना अस्पताल भर्ना

भारतमा कोरोना खोप लगाउँदा ‘साइडइफेक्ट’ देखिनेको संख्या ४४७ पुग्यो, ३ जना अस्पताल भर्ना

नेपालखबर
माघ ५, २०७७ सोमबार ०:६,

भारतमा कोरोनाविरुद्ध खोप लगाउँदा साइडइफेक्ट (प्रतिकूल प्रभाव) देखिनेको संख्या ४४७ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

केन्द्रीय स्वास्थ्य सचिव डाक्टर मनोहर अगनानीले आइतबार खोपका कारण साइडइफेक्ट देखिने बिरामीको समस्या सामान्य रहेको दाबी गरेका छन्।

बिरामीमध्ये ३ जनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको उनको भनाइ छ।

उनका अनुसार उनीहरूमध्ये पनि २ जना डिस्चार्ज भइसकेको र तेस्रा बिरामीको अवस्था पनि अहिले सुधार भइसकेको छ।

डा. अगनानीका अनुसार साइडइफेक्ट देखिएका बिरामीमा हल्का ज्वरो, टाउको दुख्ने र वाकवाकी लाग्नेजस्ता लक्षण छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन शनिबार खोप लगाएकाहरूमा साइडइफेक्ट देखिन थालेका हुन्। त्यस दिन २ लाख जनाले खोप लगाएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad