समाज


सुडान सशस्त्र समूहको आक्रमण, कम्तीमा ४८ जनाको मृत्यु

सुडान सशस्त्र समूहको आक्रमण, कम्तीमा ४८ जनाको मृत्यु

नेपालखबर
माघ ४, २०७७ आइतबार २३:४८,

सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाले गरेको आक्रमणमा परि कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको छ। सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले यसको पुष्टि गरेको छ।

आक्रमणमा परेर कम्तीमा ९७ व्यक्ति घाइते भएका उपचारमा सम्लग्न चिकित्सक तथा अस्पताल स्रोतले जनाएको छ।

‘शनिबार बिहानदेखि एल जेनिना शहरमा सुरु भएको रक्तपातपूर्ण घटना अझै जारी छ, जसमा हाम्रो तथ्याङ्क अनुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन्,’ सुनाले भनेको छ।।

मृतक र घाइतेको उद्धारका लागि सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको समितिले जनाएको छ।

यसैबीच सुडानको मन्त्रिपरिषद्ले एल जेनिनाको अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ। महान्यायाधिवक्ता ताज अल–सर अली अल–हेब्रोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सुरक्षा, सैन्य र न्यायिक निकायका प्रतिनिधिहरू सामेल छन्।

यसैबीच, पश्चिम डार्फरमा शनिबार आक्रमण भइरहँदा स्थानीय अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेका छन्।

पश्चिम डार्फर राज्यका गभर्नर मोहम्मद अब्दल्ला अल डोमाले एल जेनिनामा दुई नागरिकको बिचमा भएको लडाईबाट शुरू भएको हिंसा अन्त्य गर्न सेनालाई दिएको आदेशपछि अवस्था थप जटिल भएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad