भारतमा देशव्यापी रूपमा कोरोनाविरुद्ध खोप लगाउने अभियान सञ्चालन भइरहेको छ।
यसैबीच पहिलो दिन शनिबार खोप लगाएका मानिसमध्ये केहीमा साइडइफेक्ट (नकारात्मक असर) देखिन थालेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो दिन खोप लगाएकामध्ये अहिलेसम्म दिल्लीमा ५२, महाराष्ट्र र पश्चिम बंगलामा १४–१४ जना, तेलंगनामा ११ जना र ओडिसा राज्यमा ३ जनामा नकारात्मक लक्षण देखापरेका हुन्।
ती व्यक्तिमा शरीरमा दुखाइ महसुस, चक्कर लाग्ने, पसिना आउने र छातीमा भारीपना हुने लक्षण देखिएका हुन्।
विज्ञका अनुसार खोप लगाउँदा सुरुमा कतिपयलाई केही समस्या देखापर्नु सामान्य हो।
भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पहिलाे दिन शनिबार १ लाख ९१ हजार नागरिकलाई खोप दिइएको छ। भारतमा सञ्चालित यो खोप अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ।

प्रतिक्रिया