समाज


सपनामा झगडा परेको देख्नु भएको छ? यस्ता हुनसक्छन् संकेत...

सपनामा झगडा परेको देख्नु भएको छ? यस्ता हुनसक्छन् संकेत...

नेपालखबर
माघ ४, २०७७ आइतबार ९:३७,

उनका अनुसार सपना दबिएका इच्छाहरू र चाहनाहरू हुन् जसलाई चेतन मनले अस्वीकार गरिदिएको छ तर त्यो हाम्रो अचेतन मनको हिस्सा बनेको छ।

अचेतन मन सपनामा सक्रिय हुन्छ। ब्युँझिएको अवस्था ‘चेतन मन’मा हामी सामाजिक परिधिमा रहेर कार्य गर्दछौं त्यसकारण त्यस्ता दबिएका इच्छा र चाहनाहरु सपनामार्फत् प्रस्फुटन हुन्छन्।

मानिसको आ–आफ्नै दुख र सुखका भोगाइ हुन्छन्। त्यसकारण मानिसले विभिन्न किसिमका सपना देख्छन्। फ्राइडका अनुसार सबै सपनाको कुनै न कुनै अर्थ हुन्छ।

फ्राइड लगायत विभिन्न मनोविश्लेषकहरुले त्यस्ता सपनालाई विश्लेषण गर्नुपर्ने धारणा राख्दछन्।

उनीहरुका अनुसार सपनालाई विश्लेषण गरिए त्यसबाट हामीले मनौवैज्ञानिक हिसाबामा सरल र सहज जीवनको लागि फाइदा लिनसक्छौं।

सपनामा भएको झगडाले यस्तो संकेत गरेको हुनसक्छ..

मनोविश्लेषकहरुका अनुसार झगडा भएको सपना दोहोरिँदै देखिन्छ भने त्यसको विभिन्न कारणहरु हुनसक्छ।

वास्तविक जीवनमा समाधान नभएका मुद्दाहरू छन् भने झगडा परेको सपना देखिन्छ। किनभने तपाइँ ती मुद्दाहरु समाधान गर्न चाहनुहुन्छ।

यदी तपाइँ कसैसँग रुष्ट हुनुहुन्छ तर वास्तविक जीवनमा ती व्यक्तिसँग कुरा गर्न सक्नु हुन्न भने पनि झगडा भएको सपना देख्नुहुन्छ। कारण तपाइँ ती व्यक्तिसँग स्पष्टीकरण चाहनुहुन्छ।

तपाइँलाई वास्तवमै सपनामा देखेको व्यक्तिसँग झगडा गर्न मन भएको पनि हुनसक्छ, किनभने तपाइँ ती व्यक्तिसँग सन्तुष्ट हुनुहुन्न अथवा तपाइँ ती व्यक्तिको इर्ष्या गर्नुहुन्छ।

सपनाले तपाइँको मनलाई केही हदसम्म सन्तुष्ट तुल्याउँछ। किनभने सपना दबिएका इच्छा र चाहनाहरु प्रस्फुटन हुनु हो।

मनोविश्लेषकहरुका अनुसार सपना देखेको विषयलाई हामीले खाली समयमा मनन् गर्नुपर्छ यसलाई विश्लेषण गर्नुपर्छ।

आत्मपरीक्षण नै शान्तिपूर्ण जीवनको उत्तम उपाय भएको विश्लेषकहरु बताउँछन्। (टाइम्स नाउ र एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad