शनिबार अमेरिकी राज्य विभागले आफूसँग नयाँ प्रमाण भएको र उक्त प्रमाणले कोरोना भाइरस कुनै जनावर र जीवबाट नभएर वुहानको प्रयोगशालाबाट फैलिएको देखाउने बताएको छ।
हाल विश्व स्वास्थ्य संगठनको टोली वुहानमा कोरोना उत्पत्तिबारे स्वतन्त्र अध्ययन गर्न गएको बेला अमेरिकाले फेरि एकपटक कोरोना प्रयोगशालाबाट फैलिएको आफ्नो दाबी दोहोर्याएको हो।
अमेरिकी राज्य विभागका अनुसार सन् २०१९ को शरद ऋतुमा वुहान इन्स्टिट्युट अफ भाइरोलोजिका एक अध्ययनकर्ता बिरामी परेका थिए।
पहिलो कोरोना संक्रमित भेटिन अगाडि नै कोरोनाका लक्षण भएका मानिसहरु वुहानमा देखा परेको पनि अमेरिकाले बताएको छ।
अमेरिकाले बारम्बार चीनले कोरोनाको खतराबारे जानकारी लुकाएकाले यस भाइरस विश्वव्यापी बनेको पनि आरोप लगाउँदै आएको छ।
चीनले भने सुरुवातदेखि नै आफूले पारदर्शी ढंगबाट जानकारी दिएको बताउँदै आएको छ। भाइरस प्रयोगशाला या जीवबाट सरेको भन्ने विषयमा भने वैज्ञानिक अध्ययनले देखाउने चीनको भनाइ छ।
चीनले यसअघि ट्रम्पलाई वैज्ञानिक भन्दा बढी जान्ने नबन्न सुझाव दिएको थियो। एससीएमपी

प्रतिक्रिया