नेपाल प्रहरीले चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय पाएका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ।
महानगरीय अपराध शाखा मिनभवनले दोलखा भीमेश्वर ५ का दीपक श्रेष्ठलाई सजाय पाएको १५ वर्षपछि पक्राउ गर्न सफल भएको हो।
उनीविरुद्ध नवराज न्यौपानेसहित १० जनाले फरक फरक जाहेरी दिएका थिए। १० वटा चोरी मुद्दामा जाहेरी परेका श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतले २०६३ पुस २३ गते ५८ वर्ष कैद सजायको फैसला सुनाएको थियो।
उनी शनिबार काठमाडौंको बौद्धबाट पक्राउ परेको प्रहरीले जनाएको छ। न्यौपानेको जाहेरीमा अदालतले श्रेष्ठलाई ९ वर्ष कैद र १० हजार ६ सय ५० रुपैयाँ जरिवाना, प्रमिला भट्टको जाहेरीमा १ वर्ष कैद र ३ हजार ४ सय जरिवाना, श्यामप्रताप सेनको जाहेरीमा ६ वर्ष कैद र १ हजार २ सय जरिवाना, बज्रनाथ पौडेलको जाहेरीमा ६ वर्ष कैद र ४२ सय रुपैयाँ, तारा थापाको जाहेरीमा ६ वर्ष कैद र १४ सय जरिवाना सुनाइएको थियो।
त्यस्तै सीता ज्ञवालीको जाहेरीमा ६ वर्ष कैद र ४७ सय, सुशील खनालको जाहेरीमा ६ वर्ष कैद र ३२ सय ५० रुपैयाँ, गोविन्द सिंह गुरुङको जाहेरीमा ६ वर्ष कैद र २३ सय ५० रुपैयाँ, टेकबहादुर कार्कीको जाहेरीमा ६ वर्ष कैद र १ हजार ६ सय ७५ रुपैयाँ तथा मैया केसीको जाहेरीमा ६ वर्ष कैद र ३१ सय ५० रुपैयाँ गरी कुल ५८ वर्ष कैद र ३५ हजार नौ सय ७५ रुपैयाँ जरिवानाको फैसला भएको थियो।

प्रतिक्रिया