समाज


गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३६ घाइते

गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३६ घाइते

नेपालखबर
माघ ४, २०७७ आइतबार ३:२८,

भारतको राजस्थानमा शनिबार राति गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३६ जना घाइते भएका छन्।

राजस्थानको जालोरमा राति ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको हो। बिजुलीको तारले बसको छतमा छुँदा आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ३६ जनालाई जलेको अवस्थामा उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ।

ज्यान गुमाउने र घायते सबै जैन धर्माबलम्बी हुन्। तीर्थस्थल गएर फर्किंदै गरेका यात्रु सवार बस दुर्घटनामा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad