समाज


बागलुङको तुरतुरे ताल फुट्यो, बुर्तिबाङ सडकखण्ड बन्द

बागलुङको तुरतुरे ताल फुट्यो, बुर्तिबाङ सडकखण्ड बन्द

नेपालखबर
साउन २०, २०७६ सोमबार ४:२५,

अविरल वर्षासँग आएको बाढीका कारण बागलुङको बडिगाडमा रहेको कृत्रिम ताल फुटेको छ।

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गत वर्ष बनेको तुरतुरे ताल सोमबार बिहान फुटेको हो।

बडीगाड खोलामा आएको बाढीका कारण बिहान ४ बजे ताल फुटेको हो।

turture tal 20190805035922 1

ताल फुट्ने त्रासले बागलुङ र गुल्मीका तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका थिए। ताल फुटेपछि ७५ प्रतिशत पानी बगेको स्थानीयले बताएका छन्।

गत वर्ष भदौ २९ गते राति खोलामाथिबाट तुरतुरेमा झरेको चट्टानी पहिरोले बडिगाड खोला थुनिएर ताल बनेको थियो। उक्त ताल १ हजार २ मिटर लामो र सय मिटरभन्दा गहिरो छ।

ठूलो बाढी आए पनि ताल बिस्तारै खोलिँदै बगेकाले कुनै क्षति भने पुगेको छैन। ताल फुटेपछि नजिकैको सडक बगाएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध भएको छ।

जिल्लाकाे पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिकालगायत ठाउँका बासिन्दा यातायात सेवाबाट वञ्चित भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .