त्रिभुनवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरका अनुसार ड्रयागन एयरको विमानमार्फत काठमाडौं अवतरण गरेका ली निङ्ग्सीलाई चार किलो सुनसहित आइतबार राति ११ बजे पक्राउ गरिएको हो।
‘कपडाको बेल्ट बनाएर ल्याएको पहेंलो वस्तु सुन हो कि होइन भनेर हामीले ल्याबमा टेस्ट ग¥यौं,’ नेपालखबरसँग भन्सार प्रमुख ठाकुरले भने, ‘सुन नै रहेको प्रमाणित भयो।’
यसअघि धादिङमा पहेंलो वस्तु फेला पर्नेबित्तिकै सुन भनेर सार्वजनिक गर्दा पछि अर्के धातु प्रमाणित भएको घटनाका कारण ल्याब टेस्ट गरेर मात्र अलि ढिला गरी सञ्चारमाध्यमलाई जानकारी गराइएको उनले बताए।
सुनसहित पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको भन्सार प्रमुख ठाकुरले बताए।
प्रतिक्रिया