राजनीति


वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाऔँ : राष्ट्रपति भण्डारी

वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाऔँ : राष्ट्रपति भण्डारी

नेपालखबर
माघ १, २०७७ बिहिबार ४:९,

राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छन्।

बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले माघे संक्रान्ति पर्वले नेपालीबीच आपसी एकता र सदभाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन्।

माघे संक्रान्ति पर्वले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वाससमेत उनले व्यक्त गरेकी छन्।

‘यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्दछु,’ राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad