समाज


फेब्रुअरी ७ तारिखसम्म गैरआवासीय विदेशीलाई जापान प्रवेशमा रोक

फेब्रुअरी ७ तारिखसम्म गैरआवासीय विदेशीलाई जापान प्रवेशमा रोक

नेपालखबर
पुस २९, २०७७ बुधबार २३:५०,

जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ।

कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि जापान सरकारले विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने घोषणा बुधबार गरेका छन्।

जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ।

पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था गरिएको छ।

विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन्।

जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन्। सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad