ब्रजिलमा गरिएको परीक्षणमा यस खोप ५० प्रतिशत मात्र प्रभावकारी देखिएको बीबीसीले जनाएको छ।
खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ।
तर नयाँ परीक्षणले सिनोभ्याकको खोप यसअघिको तथ्याङ्कभन्दा कमजोर देखाएको हो।
ब्रजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो।
गत साता मात्र ब्रजिलमा कोरोनाको परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले सिनोभ्याकको खोप मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए।
तर उनीहरूले यसपटक सो तथ्याङ्कमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका सङ्क्रमण भएका व्यक्तिहरूको तथ्याङ्क समावेश नगरिएको बताएका छन्।
यद्यपी इन्स्टिच्युटले यस खोप उपचार आवश्यक पर्ने मध्यम सङ्क्रमणमा ७८ प्रतिशत र गम्भीर सङ्क्रमणमा शतप्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।
सिनोभ्याकको परीक्षणमा फरक देशमा फरक नतिजा देखिएको छ।
गत महिना टर्कीका अध्ययनकर्ताहरूले यो ९१.२५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए भने इन्डोनेसियामा यो ६५.३ प्रतिशत प्रभावकारी पाइएको बताइएको थियो।

प्रतिक्रिया