ad ad

समाज


कोरोनाका कारण मलावीमा दुई मन्त्रीको मृत्यु

कोरोनाका कारण मलावीमा दुई मन्त्रीको मृत्यु

नेपालखबर
पुस २८, २०७७ मंगलबार २३:४६,

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण मलावीमा दुई मन्त्रीको मृत्यु भएको छ,

सरकारी अधिकारीहरूले उनीहरूको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन्। यातायात तथा सार्वजनिक सेवामन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो।

मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो। पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोनाभाइरसका कारण यही जनवरीमा मात्रै कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ।

एकै दिनमा सबैभन्दा बढी गत शनिबार १२ जनाको मृत्यु भएको थियो भने गत सोमबार १० जनाको मृत्यु भएको थियो । सोमबार एक दिन मात्रै देशभरी गरेर कूल ४५२ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

मलावीमा कोरोनाका कारण सोमबारसम्म २३५ जनाको मृत्यु भएको छ भने कूल दुई हजार ७४४ जना सङ्क्रमित अवस्थामा छन्। मलावी अफ्रिकाकै उच्च जोखिममा रहेका देशहरूको सूचीमा पर्छ। दक्षिण अफ्रिकाबाट आएकाहरू बढी सङ्क्रमित भएको पाइएको अधिकारीहरूले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .