काठमाडौंमा चक्कु प्रहार गरी युवकको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।
पुस २३ गते साँझ बुढानिलकण्ठ नगरपालिका ६ का २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार भएको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराज गन्जमा आइतबार मृत्यु भएको थियो।
चक्कु प्रहार गर्ने मकवानपुरको थाहा नगरपालिका ६ का २१ वर्षीय राजसिंह ठकुरीलाई प्रहरीले सोमबार बिहान चितवनको पिप्लेबाट महाराजगन्ज वृत्तको टोलीले पक्राउ गरेको हो ।
उनले बुढानिलकण्ठ नगरपालिका १ चिसेनीको गुम्बा नजिककै तामाङलाई चक्कु हानेर भागेका थिए।
ठकुरीलाई महाराजगंज वृत्तबाट थप अनुसन्धान अगाडी बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश बिष्टले बताए।
3
Shares
प्रतिक्रिया