कारोबार


भाइबर कम्युनिटीमा किन जोडिँदै छन् सरकारी निकायदेखि चर्चित ब्रान्डसम्म? ४ मुख्य कारण

भाइबर कम्युनिटीमा किन जोडिँदै छन् सरकारी निकायदेखि चर्चित ब्रान्डसम्म? ४ मुख्य कारण

नेपालखबर
पुस २७, २०७७ सोमबार ६:३७,

२०२० ले साना र ठूला दुवै व्यवसायहरुमा उतारचढाव ल्याएको छ। महामारीको अन्त्य सजिलै हुन नसक्ने देखिएबाट व्यवसायीहरुले उत्पादनहरु, सेवाहरु र बिक्रीमा मात्र आफ्नो ध्यान केन्द्रित नगरी उनीहरुले त्यसको पहुँच क्षेत्र पनि विस्तार गर्नुपर्ने भएको छ।

मानिसहरु भाइरस नफैलियोस् भन्नको लागि निरन्तर घरभित्रै बसिरहेका र डिजिटल च्यानलहरुमा उनीहरुले धेरैभन्दा धेरै आफ्नो दिन बिताइरहेका बेला भाइबर कम्युनिटीहरु ब्राण्ड र ग्राहकहरु दुवैबीच सम्पर्क कायम गर्ने अपरिहार्य माध्यम भएको छ।

हाल नेपालमा, बैंकहरुदेखि सरकारी मन्त्रालयहरु, निकायहरु, कलाकारहरुका साथै विश्वव्यापी संस्था जस्तै युएन वुमेन समेत गरी ८५ भन्दा धेरै साझेदारहरुले भाइबरमा कम्युनिटी चलाइरहेका छन्। विश्वमा बिक्रीको परिदृश्य नाटकीय रुपमा परिवर्तन भइरहेको छ र यदि तपाईंले किन ठूला मिडिया ब्राण्डहरु भाइबरमा जोडिइरहेछन् भनेर सोध्नु हुन्छ भनें त्यसको मुख्य ४ कारणहरु छन्ः

१. यो पहिले नै व्यापकरुपमा लोकप्रिय भइसकेको मेसेजिङ्ग प्लेटफर्म हो 
कोभिड–१९ को महामारीका कारण बाहिरका सबै खाले सामाजिक गतिविधिहरुमा रोक लाग्यो र मानिसहरुले त्यस्तो अवस्थामा सम्पर्कमा रहने र व्यस्त बन्ने माध्यमको खोजी गर्नथाले। यस्तो बेलामा भाइबरको लोकप्रियताले एकाएक आकाश छुन पुग्यो। नेपालमा मात्रै भाइबरले विगत वर्षको तुलनामा कम्युनिटी संलग्नतामा १९५ प्रतिशतको वृद्धिको रेकर्ड राख्न सफल भयो। भाइबर प्रयोगकर्ताहरुमा आएको यो तीव्र बढोत्तरीको अर्थ ब्राण्डहरुले आफ्नो प्रचार प्रसार त्यही च्यानलमा सार्नु हो जहाँ मानिसहरुको सहभागिता ज्यादा छ।

वर्षको शुरुवात देखि नै नेपालका १० अग्रणी बैंकहरुले भाइबरसँग आफ्नो प्रचार प्रसारको लागि मात्र नभई बैंकिङ्ग बटहरुको लागि पनि साझेदारी गरेका छन्। इसेवा, नेपालको सबैभन्दा ठूलो इ–वालेट ट्रान्स्फर प्लेटफर्म र युएन वुमेन नेपाल– देशका दुई प्रमुख संस्थाहरुले यस वर्ष उनीहरुको आफ्नो भाइबर कम्युनिटी शुरु गरेका छन्। इसेवाले त आफ्नै प्रवद्र्धनात्मक स्टिकर प्याक शुरु गरेर कुराकानीमा अझ रोचकता थपिदिएको छ र हालैै यसले भाइबर च्याट एक्स्टेन्सन पनि शुरु गरेको छ, जसले गर्दा एपभित्रै मोबाइल टप अप र पीयर टु पीयर भुक्तानी गर्न सकिने छ।

भाइबरका प्रयोगकर्ताहरु जसरी निरन्तर बढिरहेको छ, प्रगतिको लागि सम्भावनाहरु अन्त्यहीन छन्।

२. भरिभराउ सशक्त विशेषताहरु
भाइबरलाई व्यवसायको लागि यति आकर्षक यसको व्यापकताले बनाउँछ। कम्युनिटी विशेषतामा खास गरेर तत्काल मेसेजिङ्ग, निजी र खुला फोरमहरु, र फाइल सेयरिङ्ग एउटै हबमा राखि समन्वय गर्ने गुण समेतले गर्दा एकै पटकमा लाखौं मानिसहरुसँग दुई तर्फि कुराकानी गर्न मिल्ने भएकोले व्यवसायहरुका लागि यो सुविधाजनक सिद्ध भएको छ। असीमित सदस्य संख्या, कम्युनिटी अन्तर्दृष्टि, र सजिलो आमन्त्रण विशेषता नै भाइबर कम्युनिटीहरुको केही खास गुणहरु हुन् जसलाई ब्राण्डहरुद्वारा अत्याधिक रुचाइएको छ।

युवा पुस्ता र डिजिटलमा धेरै व्यस्त रहने जनसंख्याहरुसँग सम्बद्ध रहन र जोडिनलाई वैकल्पिक माध्यमको खोजी गरिरहेका जो कसैको लागि कम्युनिटीहरु उनीहरुका उपभोक्ताहरुसम्म पुग्ने भरपर्दो माध्यम हो। प्रत्यक्ष बजारीकरण पहुँचले ब्राण्डहरुलाई आफ्नो उत्पादनहरु तथा ब्राण्डका जानकारीहरु वास्तवमै अत्यन्त छिटो सार्वजनिक गर्न सबल बनाउँछ।

३. सुरक्षित मेसेजिङ्ग 
भाइबरमा सुरक्षालाई सर्वाधिक महत्व दिइएकोले सदस्यहरुको मोबाइल नम्बरहरु कम्युनिटीका अन्य सदस्यहरुले नदेख्ने गरी लुकाइन्छ। कम्युनिटीहरुको डिजाइन नै ग्राहक–अन्त्य अन्तरक्रियाका लागि गरिएको हुनाले यो प्रमाणिकरणले विशेष गरी ठूला मिडिया ब्राण्डहरुका लागि दुवै तरिकाबाट काम गर्छ। प्रयोगकर्ताहरुले प्रमाणित व्यवसायीहरुसँग अन्तरक्रिया गर्न रुचाउँछन् किनकी यसले सुरक्षाको अनुभूति दिलाउँछ। यसले खास गरेर तपाईंको व्यवसायलाई मान्यता दिन्छ।

देशको केही प्रमुख स्वास्थ्य संस्थाहरु जस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि महामारीको प्रमाणित जानकारी सजिलोसँग प्रेषित गर्नलाई भाइबरसँग साझेदार गरेको छ।

४. उत्कृष्ट ब्राण्ड सम्पर्क 
एक अनवरत औद्योगीक अग्रणी भएको नाताले भाइबरले साना तथा ठूला व्यवसायीहरु समेतका विभिन्न समुहहरुका लागि सम्भावित ग्राहकहरु, फ्यानहरु एवं दर्शकहरुसँग प्रत्यक्ष सम्बद्ध हुने अवसरहरु उपलब्ध गराएर नेपालको बजारमा उल्लखेनीय साझेदारी कायम गरेको छ। त्यसैले ब्राण्डहरुले आफ्नो ब्राण्ड दृश्यता सुधार गर्ने प्रयास गरिरहेको भए भाइबर आफ्नो समय लगानी गर्ने एक सही प्लेटफर्म हो। तपाईंले सामग्री प्रवद्र्धनात्मक रुपमा पेश गर्नुको सट्टा रणनीतिक बनाउन र यसलाई ज्यादा ब्राण्ड–समाविष्ट बनाउन सक्नु हुन्छ।

यसका अतिरिक्त, जब कसैले कम्युनिटीभित्र उनीहरु कम्युनिटीमा के प्रयास गरे भनेर सिफारिस गर्छन्, त्यसले त्यस्तो ब्राण्ड वा उत्पादनलाई थप बल प्राप्त हुन्छ। एक मिडिया र प्रकाशन मञ्च रुटिन अफ नेपाल बन्दमा अहिले नै २००,००० भन्दा धेरै सदस्यहरु आबद्ध छन् र यो नेपालमा एक सक्रिय रुपमा बढिरहेको कम्युनिटी हो। यसप्रकारका कम्युनिटीहरु विचारहरु राख्न, श्रोताहरुसँग व्यस्त हुन, विभिन्न सूचनाहरु प्रदान गर्न र तिनका उत्पादनहरुको बजारीरकण गर्नका लागि माध्यम बनेको छन्।

भाइबरको कार्यक्षमतामा एपीएसी क्षेत्रभर कम्युनिटीहरुमा पठाइएका सन्देशहरुको सन्दर्भमा २०८ प्रतिशतले वृद्धि हुनुले एउटै कुरालाई संकेत गर्दछः भाइबर सम्पर्क र प्रमाणिकताका लागि चलिरहने मेसेजिङ्ग च्यानलको रुपमा यस क्षेत्रमा रहिरहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad