समाज


जाडोमा चीनसँगको सीमामा तैनाथ भारतीय सेनाका लागि सहयोगी सामग्रीको विकास

जाडोमा चीनसँगको सीमामा तैनाथ भारतीय सेनाका लागि सहयोगी सामग्रीको विकास

नेपालखबर
पुस २६, २०७७ आइतबार १२:२३,

पूर्वी लद्दाखमा तैनाथ सेनाहरु जाडो याममा पनि चिनियाँ खतराविरुद्ध सजग भएर बसिरहेका छन्।

गत वर्षको जुनमा गलवान उपत्यकामा भएको झडपयता भारत र चीनको सीमा विवाद चर्को बनेको छ। चीनले पनि भारतसँगको सीमा नजिक सेनाहरु खटाएको छ।

यसबीचमा भारतले अत्यधिक चिसो स्थानमा खटिरहेका आफ्ना सेनाका लागि सहयोगी सामग्रीको विकास गरेको छ।

भारतको रक्षा अनुसन्धान र विकास संगठन डीआरडीओले आफ्ना सेनाका लागि हिम तापक हिटिङ डिभाइस, स्नो मेल्टर्स लगायतका प्राविधिक सामग्री विकास गरिदिएको छ।

यी सामग्रीले चिनियाँ खतराविरुद्ध लड्न भारतीय सेनालाई ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।

हिम तापकका लागि भारतले ४२० करोड रुपियाँ खर्च गरेको बताइएको छ। यसले विषाक्त पदार्थबाट सेनालाई जोगाउँछ भने हिउँलाई पगालेर बाटो बनाउन सजिलो हुन्छ।

यस्तै डीआरडीओले ‘अलोकल क्रिम’ पनि बनाएको छ जसले जाडोले हुने बिरामीबाट जोगाउँछ।

डीआरडीओले ‘फ्लेक्जिबल वाटर बोटल र सोलार स्नो मेल्टर’ पनि विकास गरेको छ। यसले भारतीय सेनालाई स्वच्छ खानेपानीको सुविधा प्रदान गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad