समाज


तीनवटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

तीनवटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नेपालखबर
पुस २६, २०७७ आइतबार ४:२६,

झापा र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये एकजना भारतीय नागरिक हुन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति साढे आठ बजे दमकबाट मे ३ प ९८९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय छविरमण ढकालको मृत्यु भएको हो।

ढकाल स्थानीय लाइभकियर फर्मास्युटिकलका प्रबन्धक थिए। शिवसताक्षी–१ स्थित धरमपुरमा पर्ने कमलखोला सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो। यसैगरी झापाकै बुद्धशान्ति गाउँपालिका–३ स्थित धाइजन चोकमा मे१च ५३९६ नम्बरको पिकअप भ्यान र मे२प ६९८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामामा मोटरसाइकलमा सवार अर्जुनधाराका ५० वर्षीय छत्रबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैबीच महोत्तरीको मनरासिस्वा नगरपालिकामा शनिबार साँझ मोटरसाइकल दुर्घना हुँदा एक भारतीय युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको विहार राज्यको बारा पञ्चायतका २२ वर्षीय रवीन्द्र पासवान रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

गाउँकै साथी सरोज पासवानसँग उनी अनटेस्ट मोटरसाइकल चडेर नेपाल आउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। तीव्र गतिको मोटरसाइकल मनरासिस्वा नपा–१ मा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा पछाडि बसेका रवीन्द्र गम्भीर घाइते भएका थिए। उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रवीन्द्रको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ भने चालक सरोज र दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा राखिएको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad