सरकारले कोरोना संक्रमण (कोभिड–१९) विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई लगाउने भएको छ।
स्वास्थ्य सेवा विभागले शुक्रबार सूचना प्रकाशित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस २० गते यसबारेमा निर्णय गरेको जानकारी दिँदै सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई विवरण पठाउन आग्रह गरेको छ।
विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहद्वारा जारी सूचनामा ‘कोभिड–१९ विरुद्धको खोप प्राप्त भइसकेपछि उक्त खोप कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपंक्तिमा खटिने सरकारी, गैरसरकारी तथा निजी लगायत सबै प्रकारका सबै तहका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको हालको अध्यावधिक विवरण पहिलो चरणको खोप लगाउने प्रयोजनका लागि’ पठाउन आग्रह गरिएको छ।
3
Shares

प्रतिक्रिया