समाज


ट्राफिक प्रहरीले राख्न थाल्यो सडक बत्ती

ट्राफिक प्रहरीले राख्न थाल्यो सडक बत्ती

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ६:१७,

सडक दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ संस्थाको समन्वयमा सडक बत्ती राख्न थालेको छ।

कोटेश्वर–कलंकी सडक खण्डमा सवारी दुर्घटनाको सख्या बढेसँगै ट्राफिक महाशाखाले दुर्घटनाको मुख्य कारण तीव्र गति र अध्याँरो सडकको भएको निष्कर्ष निकाल्दै सडकमा बत्ती राख्द्यन थालेको हो।

बिशेषगरी रातको समयमा सडक बत्तीको अभावले अध्याँरोको कारण जेब्राक्रस तथा जथाभावी बाटो काट्ने क्रममा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै महाशाखाले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी त्यस्ता स्थानहरुमा स्ट्रिट लाईट जडान गर्न थालेको हो।

महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले तीव्र गतिका कारण हुने दुर्घटना न्युनीकरण गर्न उक्त सडक खण्डका बढी दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने पीभीसी ट्राफिक कोणद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए।

रातको समयमा दुर्घटनामा परि जनधनको क्षति हुने गरेको तथ्यलाई लक्षित गर्दै महाशाखाले सडक बत्ती र टल्किने ट्राफिक कोण राख्न शुरु गरेको हो।

जाडो मौसम शुरु भएसँगै केही समययता दुर्घटनाको जोखिम बढेको र बढी दुर्घटना हुन सक्ने स्थानहरुको पहिचान गरि त्यस्था स्थानहरुमा ट्राफिक महाशाखाले स्थानीय संघ संस्था तथा समाजसेवीहरुसँग समन्वय गरि सडक बत्ती जडान र टल्किने ट्राफिक कोण राख्न शुरु गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

पहिलो चरणमा कोटेश्वर–कलंकी सडकखण्डको बीएन्डबी अस्पताल अगाडि, स्टार अस्पताल अगाडि, सानेपा, बल्खु सुमो पार्क, खसी बजार, सिता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप, कलंकी लगायतका स्थानहरुमा सडक बत्ती जडान गरिएको छ। उक्त सडक खण्डको बिभिन्न १४ स्थानमा गति नियन्त्रण गर्न टल्किने कोणहरु समेत राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad