समाज


जेसिजले चार क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्ने

जेसिजले चार क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्ने

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ५:२६,

नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताएका छन्। जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताए।

नेतृत्व, व्यक्तित्व र क्षमता विकासलाई महत्व दिएर अगाडि बढ्ने बताउँदै उनले भने, ‘मैले आगामी वर्ष जेसिजमा तालिमलाई नै प्रमुख स्थान दिनेछु।’ आफूले सहज तवरले तालिम प्रदान गर्ने वातावरण तयार पार्ने उनको भनाइ थियो। जेसिज आफैँमा एउटा तालिम प्रदायक संस्था भएको बताउँदै उनले भने, ‘मेरो कार्यकालमा तालिमलाई अझै सर्वसुलभ बनाउने प्रयास हुनेछ।’

जेसिजले मानवताको कार्यलाई आफ्नो आर्दश ठान्ने उनको भनाइ थियो। उनले भने, ‘हाम्रो आस्था हेर्नुहोस्, समाज रूपान्तरणका लागि जेसिजले सबै काम गर्दै आइरहेको छ।’ निरंकुश र कहालीलाग्दो शासन व्यवस्था भएका बेलामा पनि जेसिजले आफ्नो सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको भन्दै खनालले जेसिजले विधिको शासन नै मुलुकका लागि चाहिन्छ भनेर वकालत गर्ने गरेको बताए।

जेसिज सधैँ लोकतन्त्रको पक्षमा रहेकामा जोड दिँदै उनले भने, ‘हामी व्यक्तिको शासन मान्दैनौँ, विधिको शासनका पक्षपाती हौँ, कहीँकतै शासनमा व्यक्ति हावी भए र विधि मिचियो भने जेसिजले देशभर विधिको शासनका पक्षमा वकालत गर्छ।’ जेसिजमा राजनीतिक आस्थाले केही फरक नपार्ने बताउँदैै उहाँले जेसिज राजनीति गर्ने थलो नभएको प्रस्ट पारे।

‘परिवर्तनका लागि उठौँ, मानव विकासका नेतृत्वका अभ्यासहरु देशभरि’ भन्ने प्रकरणका साथ आफू लागेको उनले बताए। राष्ट्रिय अध्यक्षको यही प्रकरणमा केन्द्रित रहेर देशभरका जेसिजकर्मीले काम गर्ने उनको भनाइ छ। देशभरमा २० हजारभन्दा बढी संख्यामा जेसिजका सदस्य छन्।

सन् २००४ देखि जेसिज अभियानमा लागेका खनाल सन् २०१० मा २० हजार जेसिज भरतपुर चितवन शाखा अध्यक्ष, सन् २०१२ मा राष्ट्रिय उपाध्यक्ष, सन् २०१३ मा राष्ट्रिय महासचिव र सन् २०१६ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भई सन् २०२१ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad