राजनीति


नयाँ मुद्दा परे पनि आज शुक्रबार सर्वाेच्च अदालतले गठन गरेन संवैधानिक इजलास

नयाँ मुद्दा परे पनि आज शुक्रबार सर्वाेच्च अदालतले गठन गरेन संवैधानिक इजलास

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ५:२५,

संवैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्तिसहितका विषयमा मुद्दा परे पनि आज (शुक्रबार) संवैधानिक इजलास गठन नगरिएकाे सर्वाेच्च अदालतले जनाएकाे छ। 

संवैधानिक इजलास सातामा दुई दिन बुधबार र शुक्रबार तोकिने चलन छ।

‘आज संवैधानिक इजलास गठन भएको छैन। त्यो पेसीको सूचीमा छैन,’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नेपालखबरसँग भने। तर किन गठन भएन भन्नेबारे जानकारी नभएको उनले बताए।

शुक्रबार संवैधानिक इजालसमा नयाँ मुद्दाको सुनुवाइ हुने गरेको छ। प्रधानन्यायधीशसहित ५ न्यायाधीश रहने गरी यस्तो इजालस गठन गर्ने गरिएको छ।

परिषदबारे अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पनि विपक्षी बनाइएको छ।

आफैं विपक्षी भएको मुद्दा प्रधानन्यायाधीश राणाले हेर्न नैतिक रूपमा नमिल्ने तर्क भइरहेको छ।

आपतलीन कामका लागि अध्यादेश ल्याउने गरेको र निश्चित समयपछि यो आफैं निष्कृय हुने गरेको छ।

‘विगतमा पनि अध्यादेशमाथि परेको मुद्दामा यस्तो प्रकारको व्यवहार हुँदै आएको छ। अध्यादेशको समय सकिएपछि अहिले कार्यान्वयन नभएको भन्दै खारेज गर्ने गरिएको छ,’ एक अधिवक्ताले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad