कोरोना संक्रमणको कारण पोर्चुगलमा एक नेपालीको मृत्यु भएको छ।
सोलुखुम्बू घर भई विगत एक वर्षदेखि पोर्चुगलमा बस्दै आएकी तारादेवी परियारको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।
आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो। उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन्।
अंग्रेजी नयाँ वर्ष सुरु भएयता मात्रै पोर्चुगलमा ज्यान गुमाउने नेपाली सङ्ख्या तीन पुगेको छ।
प्रतिक्रिया